logo

सरकारले कोभिड प्रभावित उद्योगलाई राहत दिने, अध्ययन प्रश्नावली तयार

    1430   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– सरकारले कोभिड–१९ बाट प्रभावित उद्योगलाई राहत दिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगलाई राहत दिन अध्ययन गर्न लागेको हो । मन्त्रालयले साना, मझौला र ठूला गरी सबै प्रकारका उद्योगका लागि अध्ययन प्रश्नावली समेत तयार पारेको छ ।

प्रश्नावलीमा बन्दाबन्दीको समयदेखि हालसम्म कति समय उद्योग संचालनमा रह्यो? उद्योगको उत्पादनमा के कति प्रतिशतले गिरावट आयो? कोभिडले उद्योगका कच्चा पदार्थ र उत्पादनमा के कस्तो असर परयो? भन्ने लगायतका प्रश्नावली रहेको मन्त्रालयले जनाएको छ ।

प्रश्नावलीमा उद्योगीहरुले आफ्नो उद्योगमा कोभिडले पारेको प्रभाव सहितका उत्तर लेखेर पठाउनुपर्नेछ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले कोभिडबाट प्रभावित उद्योगहरुको अवस्था हेरेर राहत नीति तर्जुमा गर्न अध्ययन गरेकोे बताए ।

प्रवक्ता रेग्मीले अध्ययनले कोभिड प्रभावित उद्योगलाई कुन किसिमको राहत उपलब्ध गराउने तथा राहत आवश्यक पर्ने, नपर्ने विषय टुंग्याउने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।