logo

भक्तपुरको यति कार्पेटमा भीषण आगलागी

    1031   पटक पढिएको

४ असार / अर्थ र व्यापार - भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ। गएराति ११ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी राखेका थिए ।

सो भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ । शनिबार राति करिब साढे ११ बजे सुरू भएको आगो अहिले बिहान करिब ८ बजे नियन्त्रणमा आएको हो । उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर लागेको आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटेका थिए ।

आगलागी नियन्त्रणका लागि पानी ओसार्ने ट्यांकरसमेत प्रयोग गरिएको थियो । आगलागीबाट दुई वटा पक्की भवन, पाँच वटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट कार्पेटका लागि आवश्यक कच्चा पदार्थ, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको छ ।

कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकीन विवरण आउन नसके पनि करिब डेढ अर्बभन्दा बढीको क्षति भएको अनुमान गर्न सकिन्छ । उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा एक सय भन्दा बढी कामदार कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।