logo

बेलायतमा हुने नेपाल विकास सम्मेलनमा सहभागि हुन अर्थमन्त्री डा.खतिवडा बेलायत प्रस्थान

    766   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - गैह्र आवासीय नेपालीका प्रतिनिधि तथा नेपाल बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा सहभागि हुन अर्थमन्त्री डा.युवराज खतिवडा बेलायत प्रस्थान गरेका छन् । आगामी चैत्र १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनका लागि लगानी प्रतिबद्धता जुटाउने प्रयास मुख्य रहने छ । 

अर्थमन्त्री बेलायतस्थित नेपाली दुतावासले आयोजना गरेको नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागि हुनेछन् । बेलायतको सम्भावित लगानीकर्ताहरुलाई लगानी सम्मेलनमा सहभागि गराउने अपेक्षा भ्रमणको छ । साथै नेपाल र बेलायत बीचको पारस्परिक हित अभिवृद्धि हुनेमा पनि विश्वास गरिएको छ ।

सरकारले आयोजना गर्ने लगानी सम्मेलनका लागि अधिकतम वैदेशिक लगानी प्रतिबद्धता भित्र्याएर सो प्रतिबद्धता वास्तविक लगानीमा परिणत गर्ने उदेश्य मुख्य रहेको छ । बेलायतमा हुने नेपाल विकास सम्मेलनमा संयुक्त अधिराज्य सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौं स्थितको वन टु वाच संस्थाको समेत सहकार्य हुने बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।