logo

कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याइने

    1073   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार  - कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) कार्यान्वयनमा ल्याइने भएको छ । अब तेस्रो मुलुकबाट आउने सामान इसिटिएस प्रणालीमार्फत आएपछि कागजपत्रको झझण्ट कम हुने जनाइएको छ । तेस्रो मुलुकबाट आएको सामान कोलकातामा कागजात जाँचपासको प्रकृयाका लागि लामो समय लाग्दैन् । वीरगंज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि ढुवानी लागत सस्तिने दाबी गरेको छ । 

विगत ८ महीनादेखि विशाखापट्टनम्बाट इसिटिएसको सुविधा उपलब्ध छ । हाल रेल्वेको कन्टेनरमा यो सुविधा शुरु गर्ने र डेढ महिनापछि कोलकाताबाट ट्रकमा आउने कन्टेनरमा समेत इसिटिएसको सुविधा जडान गर्ने बताइएको छ । इसिटिएस लागू भएपछि नेपाली आयातकर्ताले क्लियरिङ एजेन्टमार्पmत् ८ वटा कागजपत्र २४ ठाउँमा हस्ताक्षर गराउने झन्झट हट्नेछ भने शिपिङ लाइनले वीरगंजसम्म कन्टेनर पुयाएपछि कन्टेनर बुझाएको समय शुरु हुनेछ । जुन पहिले जहाजबाट कोलकाता बन्दरगाहमा कन्टेनर झार्ने बित्तिकै समय शुरु हुन्थ्यो ।

एजेन्टहरुले हस्ताक्षर गराउनुपर्ने निहुँमा चलखेल गरी सामान्य जाँचपासमा झन्झट र भन्सार प्रक्रियाको नाममा व्यवसायीहरुबाट पैसा असुल्ने कामको पनि अन्त्य भएको बताइएको छ । अनलाइन प्रणालीबाट विदेशबाट शिपिङ लाइनले नै ती सामानहरु वीरगंजसम्म ल्याइदिन्छन् ।
कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्छ । तर ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट पर्दैन ।

२१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च लाग्छ । अब यो खर्च जोगिएको छ । कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा मालसामान छुटाएर ट्रेलरमा कन्टेनर हालेर ल्याउँदा कोलकाता बन्दरगाहमा ८ प्रकारका कागजात जुटाउनुपर्छ । ती कागजातमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सिटिडी फर्म), इन्भ्वाइस, बिल अफ लेडिङ, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, इम्पोर्ट लाइसेन्स अफ नेपाल, इन्सुरेन्सको कागज, एलसी वा ड्राफ्ट हुन् ।

पहिला कोलकाता बन्दरगाह र भन्सारका अधिकारी गरी ३० चरण पार गर्नुपर्छ र २२ वटा दस्तखत गराउनुपर्छ । नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले एक इलेक्ट्रोनिक डिभाइस लगाएर सिधै नेपाल पठाइदिन्छ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर)ले बन्दरगाहमा लेखेर दिनुपर्ने हुन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।