logo

दिव्यश्वरी हाइड्रोपावर कम्पनी घाटामा रहेको वित्तिय विवरण सार्वजनिक

    988   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - दिव्यश्वरी हाइड्रोपार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । करपछि २५ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी वयहोरेको कम्पनीको फाइनान्सियल कस्ट ३ करोड ७० लाख पुगेपछि कम्पनी घाटामा पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा हेर्ने हो भने कम्पनीले आफ्नो नोक्सानीले सुधार गर्दै लगेको छ । गत वर्ष कम्पनीले ९३ लाख ४१ लाख रुपैयाँ खुद नोक्सानी व्योहोरेको थियो । यस अवधिमा कम्पनीले ६८ लाख ९ हजार रुपैयाँले खुद नोक्सानी सुधार गरेको हो । 

जलविद्युत्त कम्पनीको विद्युत्त विक्रीबाट ५ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ६९ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले ६६ करोड ७३ लाख रुपैयाँ दिर्घकालीन कर्जा उपयोग गरेको छ ।

कम्पनीले जगेडा कोष १० करोड ७ लाख रुपैयाँ सञ्चिति नोक्सानीमा छ। गत वर्षको यहि अवधिमा ४ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको जगेडा कोष यस अवधिमा ५ करोड ९० लाख रुपैयाँले नोक्सानी बढेको हो ।

दिव्यश्वरी हाइड्रोपावरको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८४ पैसा नोक्सानीमा र प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ८५ पैसा मात्र रहेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।