logo

रुप ज्योति पक्राउको विरोधमा उद्योग वाणिज्य संघको प्रदर्शन

    1163   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार - उद्योगी डा. रुप ज्योती पक्राउको विरोधमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले विरोध प्रदर्शन गरेको छ । ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिलाई गलत नियतले फसाउन खोजिएको भन्दै बिहीबार काठमाडौंको न्यूरोडमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले रुप ज्योती र उनकी छोरी सुरुचीलाई बिना शर्त रिहाई गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । धरपकड गरेर उद्योगी व्यवसायीलाई आतंकित बनाइएको भन्दै संघले आपत्तिसमेत जनाएको छ ।

पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रुप ज्योतिविरुद्ध विगेन्द्रकृष्ण मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उनकै जाहेरीमा प्रहरीले सिंगापुरबाट फर्कर्दै गर्दा रुप ज्योती र उनकी छोरी सुरुचीलाई समेत पक्राउ गरेको थियो।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन म्याद थपगरेको थियो । थपिएको म्याद आज बिहीबार सकिदैछ । तर जाहेरी दिने मल्लले नै जाहेरी फिर्ता पाउँ भन्दै निवेदन दिइसकेका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।