logo

टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा

    1257   पटक पढिएको

१६ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले सचिव पदमा उम्मेदवारी दिएका छन ।

विगत २२ वर्षदेखि नेपालको पदयात्रा पर्यटन क्षेत्रमा सक्रिय ढकालले स्नातक सम्मको औपचारिक अध्ययन पुरा गरेका छन । व्यवसायीक जीवनकै क्रममा अमेरिका,क्यानडा,अष्ट्रेलिया,जर्मनी,ईटाली लगायत विश्वका तीन दर्जन भन्दा वढि मुलुकको भ्रमण गरिसकेका ढकाल टानप्रति व्यवसायीहरुको विश्वास घट्दै गएकोमा त्यसलाई उकास्न नै टानको सचिव पदमा उम्मेदवारी दिएको वताउँछन ।

टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसंग लविईङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको र त्यसका लागी आँफु र आफ्नो समुह सक्षम रहेको उनले वताए । 

टानको सचिव पदका उम्मेदवार् ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने वताउँछन । टिम्सका सम्बन्धमा आवश्यक लविईङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने उनको बुझाई छ । यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष,पदाधिकारी र सदस्यहरु बिचमा नै मत बाझिएका कारण पनि समस्या समाधान हुन नसकेको उनको बुझाई छ । अवको कार्यकालमा त्यस्तो हुन नहुने उनको अपेक्षा छ । 


“टान सचिवालय लथालिंग हिसावले चलेको जस्तो देखिन्छ,त्यसको सहि व्यवस्थापन पनि आजको प्रमुख जिम्मेवारी हो”–त्यसलाई व्यवस्थापन गर्न सक्षम छु भन्ने लाग्छ, ढकालले भने । त्यसवाहेक हरेक सदस्य कम्पनीहरुको गुनासो सुन्ने र महिनामा एकपटक सदस्यहरुको समस्याका विषयमा टानले उचित समाधानका उपायहरु निकाल्ने कार्यक्रम आँफुले अगाडी सार्ने उनले वताए ।

नेपालको पदयात्रा पर्यटन क्षेत्र मौलिक किसिमको व्यवसाय रहेको ढकालको बुझाई छ । सरकारले ल्याउने कतिपय अव्यवहारिक निति,नियम यो क्षेत्रका लागी उपयुक्त नहुने भएकोले सरकारसंग आवश्यक लविईङमा टान नेतृत्वले ध्यान दिनुपर्ने उनले वताए ।“हालै मात्र आएको पोर्टरले पनि प्यान विल दिनुपर्ने जस्ता विषय व्यवाहारिक रुपमा सम्भव छैन,यसमा टानले सरकारलाई यस व्यवसायको प्रकृति र विशेषता वारेमा बुझाउन आवश्यक छ”–यसका लागी पहल गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।

त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टानले ल्याउनुपर्ने र सरकारलाई दिनुपर्ने आवश्यक सुझाव र समन्वयका लागी पनि आँफु उपयुक्त पात्र रहेको ढकालले वताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।