logo

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

    1477   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा राष्ट्र बैंकले गरेको ‘फलोअप सर्वेक्षण’ ले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएपनि को देखाएको हो । ४६ प्रतिशत भने उद्योग व्यवसाय भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बैंकले यसअघि जेठ–असारमा पूर्णं क्षमतामा चल्ने उद्योग व्यवसायरुहरुको संख्या ४ प्रतिशतमात्रै रहेको बताए । उनले त्यो चार प्रतिशत संख्या बढेर अहिले ५४ पुगेको उनले बताए ।

प्रवक्ता भट्टले जेठ–असारको तुलनामा अहिले धेरै नै सुधार भएका भन्दै अर्थतन्त्र समग्रमा ५० प्रतिशत पुनर्उत्थान भएको छ । बाँकी ५० प्रतिशत पुनर्उत्थान हुन बाँकी रहेको छ ।

यस्तै गत जेठ–असारमा गरिएको सर्वेक्षणमा उद्योग व्यवसायहरुको उत्पादन कारोबार २९ प्रतिशतमात्रै थियो । अहिले यो बढेर ५० प्रतिशत पुगेको उनले बताए ।

त्यसैगरी, यसअघिको सर्वेक्षणमा एक प्रतिशत हाराहारीमा मात्रै सञ्चालनमा आएको होटल व्यवसायहरु अहिले २९ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएका छन् ।

प्रवक्ता भट्टले यस अघिको सर्वेक्षणमा ६७४ वटा सबै क्षेत्रका उद्योग व्यवसायहरु सहभागी भएकोमा यसपटक भने ६०४ उद्योग व्यवसायहरु सहभागी भएको जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।