logo

गुणस्तरका हिसावले कन्ट्रोल अन्तर्राष्ट्रिय स्तरको छ

सुबोध कोईराला, प्रबन्ध निर्देशक, फुजिमा आयल कम्पनी प्रा.लि

    1505   पटक पढिएको

० नेपाली बजारमा कन्ट्रोल ब्राण्डको लुब्रिकेन्ट कस्तो विशेषताका कारण उपभोक्ताको रोजाईमा परेको हो ?

कन्ट्रोल फुजिमा आयल कम्पनीद्वारा उत्पादित नेपालकै एक लोकप्रिय ब्राण्ड हो । कन्ट्रोल नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक विक्रि हुने ब्राण्ड हो । फुजिमा आयलले आफ्नो २५ वर्षको लगानीमा स्थापित गरेको ब्राण्ड कन्ट्रोल हो । नेपाली ब्राण्ड पनि स्तरिय हुन्छ भन्ने एउटा उदाहरण पनि कन्ट्रोल हो । गुणस्तरका हिसावले पनि यो अन्तर्राष्ट्रिय स्तरको छ भने तुलनात्मक रुपमा मुल्यका हिसावले पनि यो प्रतिस्पर्धी छ । भारत र बहुराष्ट्रिय कम्पनी वाट उत्पादित ब्राण्डहरुको प्रतिस्पर्धी ब्राण्ड कन्टोल हो । त्यसैकारण कन्ट्रोल उपभोक्ताहरुको रोजाईमा परेको हो ।

० नेपालमा लुब्रिकेन्टहरुको वार्षिक वजार र यसमा नेपाली उत्पादनहरुको बजार हिस्सा कस्तो छ ?

नेपालमा हाल सात वटा लुब्रिकेन्ट कम्पनीहरु छन । नेपालको लुब्रिकेन्ट वजारमा नेपाली कम्पनीहरुको उत्पादनले तीस प्रतिशत बजार हिस्सा ओगटेका छन भने सत्तरी प्रतिशत वजार विदेशी कम्पनीहरुका उत्पादनहरुले ओगटेका छन । तर पनि नेपाली कम्पनीहरुको वजार हिस्सा वार्षिक रुपमा १५–२० प्रतिशतको वृद्धि हुँदैछ । तर लुब्रिकेन्टहरुको वार्षिक बजारमा कति उपभोग हुन्छ र यसको कारोवार कति हुन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान नै हुन सकेको छैन ।

० नेपाली लुब्रिकेन्टहरुले अहिले विदेशी लुब्रिकेन्टहरु संग प्रतिस्पर्धा गर्नु परिरहेको छ । विदेशी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न कस्ता समस्या छन ?

सवैभन्दा पहिले त आम उपभोक्ताहरुमा नेपाली उत्पादन भन्दा विदेशी उत्पादन राम्रो हुन्छ भन्ने सोच छ । त्यो नै मुख्य चुनौति हो । अर्को कुरा नेपालमा आउने लुब्रिकेन्ट र त्यसको कच्चा पदार्थको भन्सार दरमा न्युन अन्तर छ । कच्चा पदार्थको भन्सार दर १५ प्रतिशत र तयारी लुब्रिकेन्टको भन्सार दर ३० प्रतिशत हुँदा हाम्रो उत्पादन लागतका कारण मुल्यमा प्रतिस्पर्धा गर्न गाह्रो छ  । हामीले सकेसम्म मुल्यलाई प्रतिस्पर्धी बनाउन पहल गराईरहेका छौं । बाध्यतावश हामीले उहाँहरु भन्दा कम नै नाफा राखेर भए पनि मुल्यमा प्रतिस्पर्धी हुनु परेको अवस्था छ ।

० नेपालको लुब्रिकेन्ट बजारमा फुजिमा आयलका अन्य उत्पादनहरु के–के छन र तिनीहरुको प्रबद्र्धन कसरी गरिरहनु भएको छ ? 

हाल फुजिमा आयलको तीनवटा ब्राण्डहरु छन । एउटा कन्ट्रोल, दोस्रो प्रिमियम स्तरको म्याजिक प्लस ब्राण्ड र तेस्रो ब्राण्ड रोयल लुब्रिकेन्ट हो । रोयल लुब्रिकेन्ट कृषिमा आधारित औजार र विशेषगरी ट्याक्टरको लागी उत्पादन गरिएको हो । यसको वजार प्रवद्र्धनको लागी हामीले ब्राण्ड एम्बेसडरहरु नियुक्त गरेर प्रचार–प्रसार गरिरहेका छौं । यसको लागी कन्ट्रोलको ब्राण्ड एम्बेसडरमा शिवहरि पौडेल, म्याजिक प्लसको ब्राण्ड एम्बेसडरमा वर्षा सिवाकोटी र रोयलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल लाई नियुक्त गरेका छौं । उहाँहरुको लोकप्रियताले कम्पनीको उत्पादनहरुको प्रचार प्रसारमा सहयोग पुगोस भन्ने चाहनाले उहाँहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको  हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।