logo

चौतारी लघुवित्तद्वारा राष्ट्रिय स्तरको संस्था बनाउन नियमावली संशोधन गर्ने तयारी

    736   पटक पढिएको

९ फागुन/ अर्थ र व्यापार  - चौतारी लघुवित्त वित्तीय संस्थाले मर्जर वा एक्वीजिशनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने तयारी थालेको छ । लघुवित्तले हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको थियो । लघुवित्तले उपयुक्त संस्थाको पहिचान गरि मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव कम्पनीको आगामी तेस्रो साधारण सभामा लैजाने भएको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन ८ गते बसेको ६९ औं बैंठकले लघुवित्तको तेस्रो वार्षिक साधारण सभाको विशेष प्रस्तावहरूमा उपयुक्त अन्य लघुवित्त संस्थाहरुसंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती र समाहित हुने मुख्य एजेण्डा रहेको छ । जसका प्रयोजनको लागि उपयुक्त संस्थाको पहिचान गरि मर्जर रएक्वीजिशनमा जान राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिने, सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत अन्य आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । 

यसैगरि यस्तै हाल कायम रहेको १५ जिल्ला कार्य क्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समेत तयारी गरेको छ । साधारण सभाबाट हाल रित्त रहेको २ जना सचालक को मनोनयन समेत गर्नेछ । यस्तै लघुवित्तले आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत तोक्ने तयारी गरेको छ ।

लघुवित्तको चैत १६ गते बिहान ११ बजे, आप्रपाली कटेज एण्ड रेष्टुरन्ट, सुख्खानगर बुटवलमा साधारण सभा आह्वान गरिएको छ । लघुवित्तले साधारण सभा प्रयोजनको लागि फागुन २१ गते देखि चैत्र १६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।