logo

सुधारिएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा कारोबारको चाप बढ्यो

    915   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - लगातार ओरालो लागेर मंगलबार केही सुधार आएको शेयर बजारमा १७ वाणिज्य बैंकको शेयरमूल्य ३०० रुपैयाँभन्दा सस्तो छ । साढे तीन वर्ष यताकै तल्लो बिन्दुमा पुगेको बजार फर्किँदै गर्दा १७ वाणिज्य बैंकको शेयरमूल्यका साथै विभिन्न सूचकलाई केलाइएको छ । सोमबार साँझ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि सुधारिएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ ।

मंगलबार वाणिज्य बैंक समुह १४.६९ अंकले उकालो लागेको अवस्थामा वाणिज्य बैंकहरुको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मुल्य आम्दानी अनुपात, चुक्ता पूँजी, जगेडा कोष, कमाई, नेटवर्थ लगायतका सूचकलाई एक साथ प्रस्तुत गरिएको छ ।

मंगलबारको बजारमा २८७ रुपैंया प्रतिकित्ता शेयरमूल्य रहेको नेपाल बैंक अधिकांश सूचकहरुमा अगाडि छ । यद्यपी गत आर्थिक वर्षको कमाईबाट बैंकले कुनै पनि किसिमको लाभांश वितरण नगर्ने भएकाले लगानीकर्ता खासै उत्साहित बनेको देखिँदैन । बजारमा सबैभन्दा सस्तो अर्थात १५२ रुपैयाँ प्रतिकित्ताको दरमा शेयर कारोबार भएको सिभिल बैंक अधिकांश सूचकहरु अरु बैंककोभन्दा कमजोर देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।