logo

अर्थ र व्यापार साप्ताहिकको छैठौं वार्षिकोत्सव सम्पन्न

सञ्चारमैत्री वातावरण बनाउने सञ्चारमन्त्री बस्नेतको उद्घोष 

    1227   पटक पढिएको

२० साउन/अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.द्वारा प्रकाशित अर्च र व्यापार साप्ताहिकको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आँफु सञ्चारमैत्री वातावरण निर्माणमा लाग्ने बताए । अर्थ र व्यापार साप्ताहिकको छैठौँ बार्षिकोत्सवका अवसरमा आयोजित “आर्थिक सम्वृद्धिमा संघीयताको भुमिका र संघियतामा पर्यटकीय गन्तव्य विकासको सम्भावना” विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले सञ्चारको विकास भए मात्र मुलुकको विकास हुने भन्दै सञ्चारको विकास आफ्नो प्रमुख प्राथमिकता भएको बताए । 


“सञ्चार क्षेत्रमा लागेका मानिसहरुको भविश्य अन्योलमा छ,यो क्षेत्रलाई मैले राम्रोसँग बुझेको छु”–मन्त्री बस्नेतले भन्ने । उहाँले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आफुलाई मौखिक र लिखित सुझाव दिन सञ्चारकर्मीसँग आग्रह समेत गरे । मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचन सँगै मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको भन्दै तीन तहको निर्वाचन गरेर मुलुक लाई आर्थिक विकासको बाटोमा लैजाने यो सरकारको प्रमुख लक्ष्य रहेको बताए । .

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य प्रदिप न्यौपानेले पत्रकारिताको माध्यम बाट अर्थ र व्यापार साप्ताहिकले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ शशक्त भएर अगाडि बढ्न शुभकामना दिए । . 

नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडाले पूर्वाधार विकास विना मुलुकको सम्वृद्धि सम्भव नभएकोले सिंगो राज्यको ध्यान पूर्णरुपमा पूर्वाधार निर्माणमा हुनुपर्ने वताए । कार्यक्रममा पर्यटन व्यवसायि महासंघका अध्यक्ष ज्योति अधिकारीले पूर्वाधार विकास भए मात्र देशको विकास हुने भन्दै पूर्वाधार निर्माणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । मुलुक निर्माणका लागि सञ्चारकर्मी गम्भीर हुनुपर्ने र गलत प्रवृत्तिको दवावमा पर्न नहुने वताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले संघियताको विकास सँगै पर्यटनको विकास गर्न सके देश विकासको बाटोमा अगाडि बढ्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अत्याधिक सम्भावना भएको क्षेत्र पर्यटनलाई मुलुकले प्राथमिकता दिनुपर्ने बताए । . 

अर्थ र व्यापार साप्ताहिकका प्रवन्ध निर्देशक तथा सम्पादक नविन काफ्लेले सात वर्ष अगाडी अर्थ र व्यापार पाक्षिकका रुपमा स्थापना भई प्रविधिमा आएको परिवर्तनसँगै अर्थ र व्यापार डटकम अनलाईन समेत सञ्चालन गरेको र अव नेपालहरु छरिएसम्म विश्वभर अर्थ र व्यापारलाई फैलाउने वताए ।

कार्यक्रममा अर्थ र व्यापार अवार्ड–२०७४ डिस्कभरी रोयल स्पोर्ट एल एल सी युएईका सञ्चालक ओम प्रसाद उप्रेती लाई प्रदान गरियो । अर्थ र व्यापार अवार्ड हरेक वर्ष एक जना व्यवसायि लाई प्रदान गरिने जनाईएको छ । त्यसैगरी पन्ध्र हजार राशी सहितको अर्थ र व्यापार पत्रकारिता पुरस्कार गोखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई प्रदान गरियो ।

कार्यक्रममा टानका अध्यक्ष चन्द्र प्रसाद रिजाल, नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल,नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्य,नाट्टाका महासचिव भिमप्रसाद पन्त, टानका पूर्व कोषाध्यक्ष अञ्जन थापा(कुमार), टानका कोषाध्यक्ष लिलावल्दव दाहाल, वरिष्ठ पर्यटन व्यवसायि गणेश सिंखडा,मिस टुरिजम –२०१६ ओरुषा थापा लगायत व्यवसायिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।