logo

डिजिटल प्रणालीमा नजाने केवल नेटवर्कलाई माल सामान जफथ गर्ने सरकारको चेतावनी

    1373   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - सरकारले अझै पनि एनालग प्रविधिमा टेलिभिजन चलाएको भन्दै तत्काल डिजिटल प्रणालीमा जान पुन आग्रह गरेको छ । एनालग प्रविधिमा नै टेलिभिजन चलाइरहे माल सामान जफथ गर्ने चेतावनी आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना मार्फत दिएको छ ।

राष्ट्रिय प्रसारण नियमावली, २०५२ ले काठमाडौं, विराटनगर, बीरगन्ज, ललितपुर र पोखरा महानगर क्षेत्रभित्र सञ्चालित सबै एनालग केवल नेटवर्कहरु २०७४ वैशाख १५ गते सम्म र सो बाहेकका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रका क्षेत्रमा २०७४ कात्तिक १५ गतेसम्म डिजिटलमा जान निर्देशन दिइएको थियो ।

बाँकी रहेका सबै गाँउपालिका समेत क्षेत्रमा २०७५ वैशाख १५ गतेसम्म अनिवार्य डिजिटल प्रणालीमा जान भनिएको भएपनि अटेर गरिएको मन्त्रालयको भनाइ छ । ती क्षेत्रमा मन्त्रालयले विभिन्न समयमा अनुगमन गरेको र एनालग प्रणालीमा सञ्चालित केवल नेटवर्क बन्द गरिएको उल्लेख गर्दै यसका बाजूद पनि कसैले एनालगत प्रणालीमा टेलिभिजन प्रसारण र वितरण गरेको भेटिएमा प्रयोग भएका उपकरण जफथ गरिने उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।