logo

निगमलाई डेढ वर्षपछि ग्यासमा नाफा

    2038   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार -   भूकम्प र नाकाबन्दीको कारण लामो समय घाटामा रहेपछि ज्ञनेपाल आयल निगम फेरि नाफामा फर्किएको छ । निगमले झण्डै डेढ वर्षपछि ग्यासमा नाफा कमाउन सुरु गरेको हो । 

निगमले लामो समयदेखि ग्यासमा घाटा बेहोरिरहेको थियो । अन्य पेट्रोलियम प्रोडक्टबाट हुने नाफाको मद्धतमा यसको पूर्ति गरिरहेको निगमले जुन महिनाबाट भने सबै प्रोडक्टमा नाफा कमाउन सुरु गरेको छ ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर झण्डै ४० रुपैयाँ नाफा भएको हो । योसँगै निगमले मासिक आफ्नो नाफा २५ करोड र्पुयाएको छ । अहिले निगमलाई कुनै पनि पेट्रोलियम पदार्थमा घाटा छैन ।ज्ञ

निगमलाई पेट्रोलमा मात्रै प्रतिलिटर ५ रुपैयाँभन्दा धेरै नाफा छ । अहिले डिजेलमा पनि निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा छ । यसैगरी अन्तरितर्फको हवाई इन्धनमा निगमले प्रतिलिटर ११ रुपैयाँ नाफा कमाउँछ भने अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनमा १८ रुपैयाँ नाफा भइरहेको छ । मट्टितेलमा मात्रै निगमलाई लिटरमै १८ रुपैयाँ नाफा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।