logo

चक्रपथको ‘ग्रिन बेल्टमा’ पार्क गरे पाँच हजार रुपैयाँ जरिबाना

    1521   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – उपत्यकाको चक्रपथमा सवारी साधान चलाउँदै गर्दा जथाभावी छेउछाउतिर पार्क गर्नेहरुलाई ट्राफिक प्रहरीले पाँचहजार रुपैयाँसम्म जरिबाना तिराउन सक्छन् । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायहरुको सयुक्त संयन्त्रले चक्रपथको आसपासमा हुने जथाभावी पार्किङलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । 

जथाभावी पार्क गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाई आएको भन्दै त्यसलाई निरुत्साहित गर्न सचेतनादेखि जरिबानासम्मका उपाया अपनाउने निर्णय गरिएको छ । यसका लागि पहिलो चरणमा चक्रपथको ग्रिन बेल्टमा सवारी साधन पार्किङ्ग निषेध गर्ने त्यसरी निषेध गरिएको ठाउँमा कसैले पार्क गरे पाँचहजार रुपैयाँसम्म जरिबाना तिराउने हो ।

असार २५ गतेदेखि लागू हुने यो व्यवस्थामा हाल कायम त्यस्तो ग्रिन बेल्टका साथै सडक विस्तारले मेटाएको ठाउँमा पनि पार्किङ निषेध गरिने छ । असार २५ सम्म निषेधको सुचना टाँस गर्ने, जनचेतना फैलाउने जस्ता कार्यक्रम गरिने र त्यसपछि पनि कसैले पार्किङ गरे जरिबाना तिराइने छ ।

चक्रपथको छेउछाउँमा रुख रोपिएको क्षेत्र नै ग्रिन बेल्ट हो । मुख्य सडलाई छोडेरे रुख रोपेको क्षेत्र नै ग्रिन बेल्ट हो । मुख्य सडक र रुखको बीचमा जसले पनि सवारी पार्क गर्ने प्रवृत्ति बढेपछि सरोकारवालाहरुले सयुक्त टोलीले त्यसलाई निषेध गर्ने निर्णय गरिएको हो । रुख रोपिएको क्षेत्र र सडक वा फुटपाथ र रुख रोपिएको क्षेत्र बीचको खाली ठाउँ पार्किङ निषेधको क्षेत्र कायम हुने र त्यस्तो ठाउँमा कसैले पनि पार्किङ गर्न नपाइने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।