logo

अदालतले चार वटा नामी सुन पसललाई गर्यो जरीवाना

    1848   पटक पढिएको

२७ असार / अर्थ र व्यापार – चितवनमा बिक्री भइरहेको सुन कम गुणस्तरको रहेको पुष्टि भएको छ । जिल्लामा लोकप्रिय भनिएका सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको चितवन जिल्ला अदालतको फैसलाले पुष्टी भएको हो।

चार वर्षअघि गरिएको अनुगमनका क्रममा सुनचाँदीको नमुना लिइएका पसलहरुको सुनचाँदी कम गुणस्तरका फेला परेका थिए । वाणिज्य विभागको टोलीले गरेको अनुसन्धानका आधारमा अदालतमा मुद्दा दायर भएको थियो । यो मुद्दामा अदालतले सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको भन्दै जरीवानाको फैसला गरेको थियो ।

ज्योती सुनचाँदी पसल, लोकमान एण्ड सन्स, जयमाँ सुनचाँदी पसल र माँ जानकी सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको भन्दै जरीवाना गरिएको छ ।

जगदम्बा सुनचाँदी पसल र बराली गहना सप्लायर्सको मुद्दा टुगिंएको छैन् ।  जीवन ज्योति सुनचाँदी पसललाई ५५ हजार, लोकमान एण्ड सन्सलाई ६५ हजार जरिवाना, जय सन्तोषी माँ सुनचाँदी पसललाई ७० हजार जरिवाना र सबैभन्दा धेरै माँ जानकी ज्वेलर्सलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन–२०५४ र नियमावली–२०५६ मा व्यवस्था भए अनुसार यस ऐनको दफा १० खण्ड ‘क’ विपरीत कुनै पनि व्यवसायीले कम गुणस्तरका सामान किनबेच गरेमा तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।