logo

एकसाथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्दै सरकार, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

    1803   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यकासाथ अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार संयुक्त रूपमा ३९६ स्थानीय तहमा १५ शैय्यासम्मको अस्पतालको एकसाथ शिलान्यास गर्ने तयारी गरेको जनाएको छ ।

यसका साथै सरकारले सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने उल्लेख गरिए अनुसार सरकारले अस्पतालको निर्माण प्रक्रिया अगाडी बढाएको हो।

हालै अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो । बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रूपमा जानेछ ।

सबै अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको हो। यि अस्पतालहरुमा १० देखि ३० जनासम्म चिकित्सक रहने बताईएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको जानकारी दिए ।

अर्थले मन्त्रालयले यसअघिनै स्थानीय तहमा अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।