logo

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपतिको सवारीलागि यसरी गरियो रिहर्सल

    958   पटक पढिएको



१ जेठ/अर्थ र व्यापार – सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६ औं पञ्चवर्षीय योजना पारित गरेको जानकारी दिइन् ।
यसैगरी, मंगलबारको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।
सरकारको तर्फबाट अबको केही समयपछि मंगलबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सोही कारण अहिले संघिय संसद भवनमा राष्ट्रपति पौडेलको सवारी तथा स्वागतकालागि रिहर्सल समेत गरिएको थियो । राष्ट्रपति पौडेल संसद भवन पुग्ने तोकिएको समय मंगलबार अपराह्न ३ बजे हो, तर उनकै शैलीमा बिहानै अर्का एक युवक काठमाडौको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा देखापरे ।
ती युवक राष्ट्रपतिको सवारीकै शैलीमा संसद भवन छिरेका थिए । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई पुष्पगुच्छाले भव्य स्वागत गरेका थिए । ती युवकका लागि रातो कार्पेट बिच्छ्याइएको थियो । उनले संसद भवन पुगे लगत्तै नेपाली सेनाको सलामी पनि खाए । त्यसपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे ।
रोष्ट्रममा उनी उभिँदा सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत सुरक्षा अधिकारीहरु पनि उभिए । केहीबेरमा युवक निस्किए । यो मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलको संसदमा हुने सवारीको रिहर्सल थियो । दौरा सुरुवाल लगाएर राष्ट्रपतिको सवारीको रुपमा संसद भवन छिर्ने ती युवक थिए ‘डमी राष्ट्रपति’, जो राष्ट्रपति पौडेलकै सुरक्षार्थ खटिएका नेपाली सेनाका अधिकृत थिए ।
संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरीका अनुसार २०७२ साल आसपासबाट संसदमा राष्ट्रपति जाने दिन सवारी व्यवस्था र स्वागतको तयारीस्वरुप रिहर्सल हुने गरेको छ । उनी भन्छन्, ‘राष्ट्रपतिको उपस्थितिमा हुने र गरिने कार्यमा कुनै त्रुटि नहोस् भनेर व्यवस्थापन अन्तर्गत यस्तो कार्य गर्ने गरिन्छ ।’
राष्ट्रपति पौडेल मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संसद भवन पुग्दैछन् । सरकारको नीति तथा कार्यक्रम पेस गर्न वर्षमा एकपटक राष्ट्रपति संसद भवन पुग्ने गर्दछन् । यसका अलावा प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशनको पहिलो संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ ।
संसद सचिवालयका प्रवक्ता गिरी आवश्यकता अनुसार अन्य समयमा समेत राष्ट्रपति संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्न जान सक्ने बताउँछन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित हुनु अगाडि राष्ट्रप्रमुखको रुपमा राजा थिए । राजतन्त्रात्मक शासन व्यवस्थामा पनि राजाले नै संसदमा नीति तथा कार्यक्रम पेस गर्दथे ।
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार राजा संसद भवन जाने दिन त्यसबेला पनि राजाको सवारीको रिहर्सल हुने गर्दथ्यो । उनी भन्छन्, ‘डमी राजाका रुपमा राजाको सवारीको रिहर्सल हुन्थ्यो । त्यो पनि आर्मीले नै गर्दथे ।’
राजतन्त्रात्मक शासन व्यवस्थामा राजा संसद भवनमा जाँदा जे जस्तो तयारी र सम्मान हुने गर्दथ्यो त्यस्तै पूर्वतयारी, सम्मान र सवारीको रिहर्सल गणतन्त्रात्मक शासन व्यवस्थामा राष्ट्रपतिको हुने गर्दछ । यो कामा भने राजतन्त्र र गणतन्त्रात्मक दुवै व्यवस्थामा नेपाली सेना संलग्न हुने गर्छ ।
संसद भवनभित्रको दृश्य पनि राजा र राष्ट्रपतिका सन्दर्भमा उस्तै देखिन्छन् । संसद सचिवालयका पूर्वसचिव थापा सम्झन्छन्, ‘राजतन्त्रमा राजा संसद भवनमा आउँथे । आर्मीले सुरक्षा हेर्थे । राजा संसद भवनभित्र प्रवेश गरिसकेपछि सभामुखले कुर्सी देखाउँथे । राजालाई सम्बोधनको कपी दिइन्थ्यो, राजा सम्बोधन गरिसकेपछि निस्कन्थे ।’
गणतन्त्रात्मक शासन व्यवस्थामा पनि यस्तै अभ्यास हुन्छ । केवल राजाको ठाउँमा राष्ट्रपति देखिन्छन् । तर, राजतन्त्रात्मक शासन व्यवस्थामा एकै व्यक्तिले धेरै नीति तथा कार्यक्रम बाचन गर्दर्थे । गणतन्त्रमा राष्ट्रप्रमुख राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । दुई कार्यकालसम्म निर्वाचित हुन पाउने भएकाले १० वर्षसम्म पनि एकै व्यक्ति राष्ट्रप्रमुख हुन सक्छन् ।
राजतन्त्रात्मक शासन व्यवस्थामा राजाले सम्बोधन गरेर बिदा भइसकेपछि संसदले धन्यबाद प्रस्ताव पारित गर्दथ्यो । अहिले पनि सम्बोधनपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।