logo

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

    1744   पटक पढिएको

३ फागुन / अर्थ र व्यापार- ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर–३ को सिंगापुर कोलनीमा चारतारे स्तरसरहको नयाँ होटल सञ्चालनमा ल्याएको होटलका सञ्चालक सि.एन. पाण्डेले वताए । होटलमा ६० वटा रुम, स्विमिङ पुल, रेष्टुरेण्ट, रूफटप बार तथा ६ सय जना क्षमताको सेमिनार हल रहेका छन भने पर्यटकहरुलाई स्तरिय सेवा प्रदान गरिनेछ । त्यसवाहेक पर्यटकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दैै आगामी दिनमा होटलका सेवा सुविधाहरु विस्तार गर्दै जाने योजना रहेको पाण्डेले वताए ।

“भैरहवा विमानस्थल सञ्चालनमा आएपछि सो क्षेत्रमा आवश्यक पर्ने स्तरिय होटल सेवालाई मध्यनजर गर्दै भैरहवामा होटल सञ्चालनमा ल्याएका हौं”–होटलका सञ्चालक पाण्डेले भने । त्यसवाहेक भारतिय र श्रीलंकाका पर्यटकहरुलाई सडकमार्गवाटै पनि आकर्षित गर्ने योजनामा रहेको पाण्डेले वताए । भारतसंगको सिमावाट जम्मा चार किमि दुरीमा रहेको होटलले विवाह, नेपाली र भारतिय कर्पोरेट कार्यक्रम तथा माईस टुरिजममा आधारित रहेर विभिन्न योजनाहरु ल्याउने पाण्डेले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।