logo

एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने: पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर गृहकार्य भएको छ

उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणमा सरकार सफल भएको दाबी

    586   पटक पढिएको


१० पुस/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताएका छन्। आफुले जिम्मेवारी सम्हालेको एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

उनले आफुले कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा संबोधन गर्दै पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर भएको बताए । ‘पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ। तर अपेक्षित सुधार नहुँदा हामी चिन्तित छौं । सुधारका लागि गम्भीर गृहकार्य गरिरहेका छौं’ दाहालले भने ।

उनले आफ्नो पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताउँदै त्यसलाई परिमार्जन गर्ने समेत बताए। प्रधानमन्त्री दाहालले बीमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, स्वास्थ्य बीमा बोर्डको क्षमता वृद्धि, बलियो अनुगमन तथा मूल्यांकन प्रणाली र सबैको उपचारका लागि अस्पताल लगायत संरचना सुधारमा तदारुकताका साथ लागिरहेको जानकारी दिए।

उनले बीमाको हालको रकमको दायरा बढाएर आधारभूतवाहेक संचालनमा रहेका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बीमामा आवद्ध गराउने समेत बताए ।
उनले आफनो एकवर्षे कार्यकालमा कयौं वर्षपछि चालु खाता बचतमा जानु सरकारको गन्न सकिने उपलब्धि भएको दावी गरे । उनले भुक्तानी सन्तुलन करिब १५० अर्बले सकारात्मक रहनु र विगत कयौं वर्षदेखि घाटामा रहेको चालु खाता समेत बचतमा रहनु सरकारको गन्न सकिने उपलब्धि भएको बताए ।

उनले उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणमा सरकार सफल भएको दाबी गरे । असोजसमम साढे ७ प्रतिशतले रहेको मुद्रास्फीति कात्तिकमा २ प्रतिशत विन्दुले कमी भई साढे ५ प्रतिशत भन्दा तल झरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । सोही तथ्यांकको आधारमा उनले उपभोक्ता मूल्य वृद्धिदर २.७ प्रतिशत विन्दुले कम भएको बताए । जसलाई उनले सकारको उल्लेख्य उपलब्धि भएको समेत बताए ।
‘मूल्य वृद्धि नियन्त्रणमा यो ठूलो उपलब्धि हो । अब, आम जनताले महसुस गर्नेगरी सरकारी नीति र प्रशासनिक सुधार प्राथमिकतामा छ,’ प्रधानमन्त्री दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।