logo

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

    745   पटक पढिएको


८ असोज/अर्थ र व्यापार – नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ । यसैगरी, दुईमुलुकबिच एउटा समझदारी पनि भएको छ ।
चिन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङको नेतृत्वमा सोमबार बेइजिङमा द्विपक्षीय वार्तापछि दुई देशबीच विभिन्न १२ बुँदे सम्झौता र एउटा समझदारी भएको हो।
विभिन्न मन्त्रालय अन्तर्गतका सम्झौतामा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका हुन्। चीनका तर्फबाट पनि सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन्।
नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने, डिजिटल अर्थतन्त्र बढाउने, व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने लगायत सम्झौता भएको छ ।
अर्थ मन्त्रालय र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको हो। दुई देशबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने सम्झौतामा वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनी र चीनको वाणिज्य मन्त्रालयका अधिकारीले हस्ताक्षर गरेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालयबीच नेपालमा कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ। औषधि उत्पादनका लागि नेपालबाट चीनमा वनस्पति निर्यातसम्बन्धी सम्झौता भएको छ । जसमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरे।
वन तथा वातावरण मन्त्रालय र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे। प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने सम्झौतामा राजदूत श्रेष्ठ र चिनियाँ प्रेस तथा प्रकाशन विभागका अधिकारीले हस्ताक्षर गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।