logo

सहकारी महासंघले नेशनल युथ फोरम -२०२२ को आयोजना गर्ने

    1728   पटक पढिएको

१० चैत्र / अर्थ र व्यापार- राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आगामी चैत्र २५ र २६ गते “नेशनल युथ फोरम : कोअपरेटिभ इन्टरप्रेनियरसीप” को आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौंको होटल एभरेष्टमा आयोजना हुनेछ । कार्यक्रममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक,युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले वताए ।

गेष्ठिमा विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुनेछ । गोष्ठिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयका सेसनमा आफ्नो प्रस्तुतीहरु पेश गर्ने संयोजक ढकालले वताए ।

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको महासंघले जनाएको छ । “नेपालमा युवाहरुलाई उद्यमशील वनाउने तथा मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौं”–संयोजक ढकालले भने । फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने अपेक्षा रहेको ढकालले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।