logo

प्रतितोला एकलाख रुपैयाँ नाघ्यो सुनको मूल्य

    923   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार– विगतका केहीदिन केही घटबढ भईरहेको गहनाकालागि प्रयोग हुने बहुमुल्य पंहेलो धातु सुनको बजार मुल्य बढेर आइतबार एकलाख रुपैयाँ नाघेको छ । आइतबार एकैदिन प्रतितोला दुई हजार रुपैयाँले सुनको भाउ बृद्धि भएको हो ।
अघिल्ला दिन शुक्रबारसम्म प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आइतबार प्रति तोला एकलाख १ हजार ९ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य एकलाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरि, तेजावी सुनको भाउ पनि सोही अनुसार बढेको छ । तेजावी सुन शुक्रबार ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरि, साताको पहिलो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृृद्धि भई १ हजार ४१५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।