logo

नेपालका १५ परियोजनामा लगानीकर्ताहरुद्वारा लगानी गर्ने प्रतिबद्धता 

    1267   पटक पढिएको

१७ चैत्र /अर्थ र व्यापार - नेपालका १५ वटा परियोजनामा लगानीकर्ताहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार सम्पन्न लगानी सम्मेलनमा ऊर्जा, यातायात पूर्वाधार र प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच समझदारी भएको हो । सरकारले आयोजना गरेको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा सरकारले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुल ३४ खर्ब ५८ अर्ब रुपैयाँका ७७ आयोजना प्रदर्शनीमा राखिएको थियो । सम्मेलनमा चौधरी गु्रपले चारवटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । गु्रपले तीनवटा विदेशी कम्पनीलाई ल्याउनेछ । ग्रुपले मल्टी मोडल लजिस्टिक पार्कका लागि सराफ गु्रपसँग सम्झौता गरेको छ । त्यसैगरी ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काई पावर कम्पनीलाई भित्र्याउने भएको छ । चौधरी ग्रुपले सिजी लाइफसेल टेलिकमको साझेदार टर्कसेलसँग पनि समझदारी गरेको छ ।

समझदारीपत्रमा चौधरी ग्रुप तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरी र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । चौधरी ग्रुपले सोलार प्लान्ट राख्न प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । समझदारीपत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् । भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा थप लगानी जुटेको छ । नौ सय मेगावाटको उक्त परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन् । परियोजनामा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्टले ८ अर्ब १२ करोड ६१ लाख र नबिलले ४ अर्ब ८७ करोड ५८ लाख ऋण दिने प्रतिबद्धता जनाएका छन् ।

एक सय ६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावर परियोजनालाई संयुक्त रूपमा विकास गर्न युनान सिन्ह्वा वाटर कन्र्जभेन्सी एन्ड हाइड्रो पावर इन्भेस्मेन्ट कम्पनी, हाइड्रो सोलुसन ग्रुप एन्ड सांघाई इन्भेस्टिगेसन र डिजाइन एन्ड रिसर्च इन्स्टिच्युटबीच समझदारी भएको छ । सझदारीपत्रमा नेपालका तर्फबाट हाइड्रो सोलुसन ग्रुपका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सिमरा विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास गर्न लगानी बोर्ड, इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) र स्पेसल इकोनोमी जोन अथोरोटी (सेजा)बीच सम्झौता भएको छ । यस्तै हाइड्रो सोलुसन ग्रुपका ज्ञानेन्द्रलाल प्रधानले बनेपामा हिमालयन बुटिक भिलेज रिसोर्ट गर्ने समझदारी गरेका छन् । प्रधानले सिन्सियर कन्सल्टेन्सी कम्पनी लिमिटेड र रिसोर्स हिमालय भिलेज रिसोर्टबीच रिसोर्ट बनाउने समझदारी गरेका हुन् ।

एनआरएनले उद्योग क्षेत्रमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । समझादारीपत्रमा एनआरएनका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले हस्ताक्षर गरेका छन् । ग्रेनवेयर हाउस सञ्चालनका लागि नेसनल कोल्याटल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयर हाउस कम्पनीबीच समझदारी भएको छ । समझदारीपत्रमा नेपाल वेयर हाउसबाट आनन्द बगरिया र नेसनल कोल्याटलबाट अनुपम कौशिकले हस्ताक्षर गरेका छन् । यस्तै नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स निर्माण व्यवसायीबीच पूर्वाधार विकासका लागि समझदारी भएको छ । सम्झौतापत्रमा महासंघका अध्यक्ष रवि सिंह र काओ विनले हस्ताक्षर गरेका छन् । दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनामा कोरियाली कम्पनी केओएसईपीले ६ अर्ब ५० करोड डलर लगानी गर्ने भएको छ । केओएसईपीका उपाध्यक्ष हक बिन किमले त्रिशूली १ मा लगानी गर्ने घोषणा गरेका हुन् ।

युनाइटेड फाइनान्स लिमिटेडमा भारतीय मुथु फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । त्यसको घोषणा मुथु ग्रुपका कन्ट्री हेड अनिल कार्कीले गरेका छन् । सम्मेलनमा लगानी बोर्ड र लगानी बोर्ड साउथ अफ्रिकाबीच सहकार्यका लागि समझदारी भएको छ । अपी पावर कम्पनी र कँडेल ग्रुपले सोलार जलविद्युत् र हावाबाट बिजुली निकाल्नका लागि सम्झौता गरेका छन् । यसअन्तर्गत १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्युत् र १० मेगावाटको हावाबाट बिजुली निकालिनेछ । सम्झौतामा अपी पावरका गुरुप्रसाद न्यौपाने र कँडेल ग्रुप अफ कम्पनीका तर्फबाट राजेन कँडेलले हस्ताक्षर गरेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।