logo

जिएसकेको एचएफडी युनिलिभरद्वारा खरिद

    1312   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार - युनिलिभर लिमिटेडले भारत, बंगलादेश र अन्य २० देशमा राम्रो बजार हिस्सा ओगटेको ग्लेक्सोस्मिथक्लाइन (जीएसके)को हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो (एचएफडी) खरिद गरेको छ । यससँगै लोकप्रिय पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन ब्रिटिश कम्पनी युनिलिभरको हातमा गएको छ । १४५ वर्ष पुरानो ब्रान्ड हर्लिक्स खासगरी बालबालिका माझ प्रिय छ ।

हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल)मा रहेको आफ्नो शेयरसहित ३.३ अर्ब यूरो बराबरको शेयर युनिलिभरले खरिद गरेको छ । यसलाई ठूलो बिजनेस डिल मानिएको छ । युनिलिभर एचयूएलको प्रमोटर कम्पनी हो ।
सन् २०१८ को मार्च महिनाको अन्तमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको रेकर्ड छ । जीएसकेले बेच्ने हर्लिक्सको ९० प्रतिशत बजार भारत नै हो । खाद्य तथा पेय पदार्थमा आफ्नो बजार बढाउने घोषित रणनीति अनुरुप नै पछिल्लो कदम चालिएको युनिलिभरले जनाएको छ ।

भारतको न्युट्रिसन ड्रिङ्क मार्केटमा हर्लिक्स ४३ प्रतिशत बजार हिस्सासहित सबैभन्दा ठूलो ब्रान्ड बनेको छ । मोन्डेलेज इन्टरनेशनको बर्नभिटाले १३ प्रतिशत बजार ओगटेको छ । हिन्दुस्तान युनिलिभरले भारतका ३५ लाख स्टोरहरुमार्फत् आफ्ना उत्पादनको सीधा बिक्री गर्दछ । ७ लाख आउटलेट्ससम्म यसको पहुँच छ ।

विश्लेषकहरुका अनुसार यो सम्झौतापछि हर्लिक्सलगायतका उत्पादनहरुको बिक्री अझै बढ्ने छ । गत जुलाईदेखि सेप्टेम्बर महिनासम्म हिन्दुस्तान युनिलिभरको  मुनाफा १९.५१ प्रतिशतले बढेर १ हजार ५२५ करोड भारु पुगेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।