logo

सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने

    2436   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार - रियलस्टेट कारोबारी सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने भएको छ । सरकारले गठनगरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले बस्नेतकी श्रीमती र सहकारीका कर्मचारीको शेयर बिक्री गरेर बचतकर्ताको पैसा भुक्तानी गर्ने निर्णय गरेको छ ।

समितिले ग्लोबल आइएमइ बैंकको शेयर बिक्री गर्न लागेको हो ।  नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको शेयर बिक्री गर्न लागिएको हो । कुल २ लाख ३३ हजार ६७९ कित्ता शेयर बिक्री गरिने छ ।

यो शेयरको बजार मूल्य सात करोड ३३ लाख ७५ हजार २०६ रुपैयाँ छ । २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषित भएको ओरेण्टल कोअपरेटिभ लिमिटेका तत्कालिन अध्यक्ष सुधिर बस्नेतकी श्रीमति थापा र कर्मचारी राजेश श्रेष्ठले बचतकर्ताको रकमबाट बैंकको शेयर किनेका थिए । यो शेयर अहिले समितिको नाममा आइसकेको छ । समितिले त्यो शेयर बिक्री गरेर आएको पैसा बचतकर्तालाई वितरण गर्ने जनाएको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।