logo

अब नक्शालमा खुल्यो महिन्द्राको नयाँ शोरुम

    1603   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा हालै नक्शालमा आफ्नो शोरुम स्थापना गरेको छ ।

उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशन, साउथ एसिया,महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष सन्जय जादवले गरे ।

ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक र्पुयाउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एमयूभि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक बिक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।