logo

नेपाल ग्यासको बजार उपत्यका बाहिर पनि फैलिँदै 

    1536   पटक पढिएको

२ असार / अर्थ र व्यापार - उपत्यकाभित्र मात्रै बिक्री वितरण हुँदै आएको नेपाल ग्यासले चितवनमा पनि बिक्री सुरु गरेको छ । नेपाल ग्यास उद्योग प्रालिले चितवनका साथै नवलपरासीमा समेत बिक्री वितरण गर्ने गरी नेपाल ग्यास  बिक्री शुभारम्भ गरेको हो । एक समारोहकाबीच पोल्ट्री अभियन्ता तथा उद्योगका सञ्चालक गुणचन्द्र विष्टले औपचारिक बिक्री गरी नेपाल ग्यास वितरणको शुभारम्भ गरे ।

चितवनका उपभोक्ताहरुको माग अनुसार चितवन र नवलपरासीमा एकसाथ बिक्री शुभारम्भ गरेको हो । काठमाडौंको बालाजु र सिमरामा रहेको नेपाल ग्यासको प्लान्ट अटोमेशनमा लगिसकेको छ । नेपाल ग्यासको ८७ टनको क्षमता एघार गुणा वृद्धि गरेर हजार टन पुर्याउने कार्य अन्तिम चरणमा पुगेको  छ । नेपाल ग्यास सेमी अटोमेशनबाट पूर्ण अटोमेशनमा लगेर दैनिक ३५ हजार सिलिण्डर भरेर बजारमा बिक्री गरेकोे छ ।

चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यविन्दु ट्रेडिङ्गमार्फत नेपाल ग्यासको विक्री वितरण हुने छ । नेपाल ग्या सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँमा पहिलो रोजाई बनेको र नेपाल ग्यास  चितवनमा पनि लोकप्रिय बन्ने विश्वास छ ।

अहिले बजारमा नेपाल ग्यासले मात्रै आठ लाख सिलिन्डर बिक्री वितरण गर्दै आएको छ । देशभर विभिन्न कम्पनीको ७० लाख सिलिण्डर ग्यास रहेको मध्ये काठमाडौंमा मात्र नेपाल ग्यासको २० प्रतिशत भन्दा बढी बजार हिस्सा रहेको छ । नेपाल ग्यासले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह समेत पाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।