logo

चिनियाँ लगानी भित्र्याउने उद्देश्यका साथ वीरगंजमा नयाँ औषधी उद्योग संचालनमा आउने 

    1233   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार - वीरगंज–पथलैया औद्योगिक करिडरमा ३५ करोड रुपैयाँ लगानीमा नयाँ औषधी उद्योग  एक महिनाभित्रै संचालनमा आउने भएको छ । वीरगंज महानगरको वडा नं ३२ चोर्नीस्थित प्राइम फर्मास्युटिकल्स एक महिनाभित्र उत्पादन सुरु हुने उद्योगका प्रबन्ध निर्देशक बृजकिशोर चौबेले जानकारी गराए ।

यो उद्योग २९ कठ्ठा क्षेत्रफलमा स्थापना भएको छ । १० जना व्यवसायीको लगानीमा उद्योग स्थापना भएको हो । उद्योगले क्याप्सुल, सिरफ, मलम, लोशनलगायतको औषधी उत्पादन गर्ने जनाएको छ । ५० जनाले रोजगारी पाउने उद्योगको १० करोड चुक्ता पूँजी छ । बैंकबाट २५ करोड ऋण लिएर  उद्योग स्थापना भएको प्रबन्ध निर्देशक चौबेको भनाई छ । चिनियाँ लगानी भित्र्याउने गरि यो उद्योग स्थापना गरिएको हो ।

चौबेले चिनियाँ कम्पनी भित्र्याउने गरि छलफल अघि बढेको बताए । योसँगै औद्योगिक करिडोरमा १४ वटा औषधी उद्योग संचालनमा छन् । वीरगंज कोरीडोरमा जिडी फर्मा, नेपाल फर्मा, नेशनल फर्मा, क्वेस्ट, एपेक्स, आर्या, डेनियम, मैग्नस, मारुती, जेनेटिका, भास्कर हर्बल, सुप्रिम फर्मा संचालनमा छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।