logo

एलजीद्धारा नयाँ कमर्सियल वासिङ मेसिन बजारमा प्रस्तुत

    2231   पटक पढिएको


२५ जेठ / अर्थ र व्यापार-नेपाली बजारमा एलजी ब्राण्डको अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी इम्पेक्स प्रा.लि.ले एलजीको नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको छ । विश्व बजारमा अग्रस्थानमा आफ्नो पहिचान कायम राख्न सफ एलजीका फ्रन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेबल उत्पादनका लागि प्रख्यात छन् । 

नेपालमा एलजीले डोमेस्टिक वासिङ मेसिनको सफलता पश्चात, ग्राहकहरुको माग अनुरुप दुई थरीका नयाँ कमर्सियल वासिङ मेसिन भित्र्याएको हो । दुई मोडलहरु १०.२ केजी र १५ केजी क्यापासिटीका रहेका छन् । डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्बर भन्दा बढी टोटल वास साइकल रहेको छ ।

यी दुबै वासिङ मेसिनहरुमा हाई इफिसिएन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित छन् जसका कारण लुगा धुदा कम भाइब्रेसन र धेरै उर्जाको बचत हुने गर्दछ । कमर्सियल वासिङ मेसिन धेरै जस्तो होटल, हस्पिटल, लन्ड्रीम्याट, र अरु व्यवसायहरुको लागि उचित मानिन्छ । बजारमा १०.२ केजी मोडलको मूल्य ३ लाख ४५ हजार ७९० रुपैयाँ रहेको छ भने १५ केजीको मूल्य ४ लाख ५४ हजार १९० रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।