logo

लेखा समितिले माग्यो सार्वजनिक खरिद अनुगमन कार्यालयको राय

    1525   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार- संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ । समितिको मंगलबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनेको हो ।

मंगलबारको बैठकमा समितिले कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरेको थियो । त्यसक्रममा सांसदहरुले विमान खरिद प्रकरणमा कार्यालयको राय मागेका थिए । सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बताए । सांसद हृदयश त्रिपाठी, विशाल भट्टराई लगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।

कार्यालयका सचिव मधुप्रसाद रेग्मीले निश्चित समय दिए अनुगमन गरेर राय दिने बताए । लगत्तै समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए । लेखा समितिले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको भन्ने प्रश्न पनि गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।