logo

चिनीको आयातमा बृद्धी हुँदा राजस्व असुलीमा सकारात्मक प्रभाव

    1668   पटक पढिएको


९ असोज/अर्थ र व्यापार– चालु वर्षको २ महिनामा भारतबाट २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । 

व्यवसायीहरुले चाडपर्वलाई लक्षित गर्दै चिनीको आयात बढाउँदा धेरै भन्सार महसुल तिरेर भित्रिने शीर्ष ४ वस्तुमा चिनी परेको छ । 

पछिल्लो २ महिनामा पेट्रोल, डिजल र सवारीपछि सबैभन्दा धेरै राजस्व चिनीबाट संकलन भएको छ । चिनीको आयातबाट १ अर्ब ३१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

चाडपर्व नजिकिँदा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार टन गरी ३० हजार टन चिनी ५० प्रतिशत भन्सार शुल्क छुटको सुविधा सहित आयातको लागि अनुमति दिएको थियो । तर दुवै कम्पनीले ठेक्का र ढुवानीका प्रक्रियाका कारण समयमै ल्याउन नसक्दा व्यवसायीहरुले चिनीको आयात गरिरहेको छ । 

रिलायन्स चिनी उद्योगका संचालक राजकुमार अग्रवालले तुलनात्मकरूपमा सस्तो दरमा चिनी ल्याएकाले चिनीको मुल्य खुद्रा बिक्रीमा पनि केही सस्तो हुन सक्ने बताए । व्यवसायीले ४० प्रतिशत भन्सार तिरेर चिनी आयात गरिरहेका छन् । 

तीन वर्षअघि पाकिस्तानबाट नेपालमा ठूलो परिमाणमा चिनी आयात हुँदा चिनीको भाउ सस्तिएको थियो । सरकारले सस्तो चिनीले स्वदेशी उद्योग र कृषकलाई मर्का परेको भन्दै भन्सार मूल्यांकन भारु ३० रुपैयाँ र भन्सार महसुल ४० प्रतिशत बनाएका थियो । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।