logo

अख्तियारद्धारा मुद्दा भए पनि विशाल बजारमा अनियमितता कायमै

    1559   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार-काठमाडौँको न्यूरोड स्थित विशाल बजारको सटर भाडा कौडीको मूल्यमा दिइएको भन्दै ०७१ साल जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना संचालक विरुद्ध मुद्दा दायर गरेको थियो । हालैको अध्यक्ष रविन्द्रलाल श्रेष्ठसहितका संचालक विरुद्दमा विशेष अदालतमा ९ करोड ७५ लाख विगो दाबी गर्दै मुद्दा दायर भयो।यो मुद्दा अझै टुंगो लागेको  छैन्। अख्तियारले विशाल बजारका शेयरधनी, कम्पनी निकट रहेका र अतिरिक्त पैसा दिनेलाई भुईतलाका लागि प्रतिवर्ग फिट ६४ रुपैयाँ ७२ पैसामा भाडा दिइएको आरोप लगाएको थियो।

अख्तियारको मुद्दापछि एघारमध्ये आठ कारबाहीमा परे र केही संचालकले राजीनामा पनि दिए तर कम्पनीमा लगानी भएका नेपाल खाद्य संस्थानका प्रमुख कार्यकारी अधिकृत शिवहरी श्रेष्ठ र नेशनल ट्रेडिङ कम्पनीबाट गोपाल घिमिरे संचालक सदस्यको रुपमा कार्यरत नै छन्। विशाल बजारमा अहिले फेरी उस्तै समस्या मौलाएको छ ।

 प्रमुख कार्यकारी अधिकृत दीलिपजंग शाहले विशाल बजारको छत पार्टी प्यालेशलाई भाडामा दिएका छन्। उनले १२ रुपैयाँ स्क्वायर फूटमा पार्टी प्यालेशलाई भाडामा दिएका हुन्। अझ उनले ६ महिनाको भाडा छुट दिएको छ । तर उनले कम्पनीको आम्दानी बढाउन खाली रहेको स्थान भाडामा दिएको दाबी गर्छन्।

 प्रमुख कार्यकारी अधिकृत शाहले आम्दानी बढाउन छत भाडामा दिएको बताएपनि न्यूनदरमा भाडा दिएको बारेमा केही बोलेनन्। संचालक र प्रमुख कार्यकारी अधिकृत शाहले विशाल बजार सुधारमा कुनै ध्यान दिएका छैनन् ।आफ्ना नजिकका व्यक्तिलाई कम्पनीमा जागिर दिने र कमदरमा भाडा दिनेमै ध्यान केन्द्रित गरेको छ।
 
अख्तियारले मुद्दा हालेपछि केही समय सुधारको प्रक्रिया अगाडी बढाउन सुरु भएको थियो तर अहिले अख्तियारले मुद्दा हाल्नुभन्दा अघिको जस्तै वेथिती छ । सर्वसाधरणको लगानी भएको कम्पनीलाई वेवारिसे बनाउने काम भएको छ । अख्तियारले अनियमितता भन्दै मुद्दा हालेपनि विशाल बजारको वेथिती रोकिएको छैन। सर्वसाधरणको समेत लगानी भएको विशाल बजारको चार सय पसल मध्ये डेढ सय बन्द छ ।अझ राजधानीको प्राइम लोकेशनमा रहेको स्थान अहिले गोदाममा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।