logo

ईओएलले ल्यायो टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी 

    1576   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार– चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालिले नेपाली बजारमा टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी बिक्री सुरु गरेको छ । 

ईओएलले टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरण बिक्री गर्दै आएको छ ।

कम्पनीले अघिल्लो ३ वर्षको तुलनामा नेपालमा टिसीएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको जनाएको छ। 
कम्पनीका अनुसार टिसीएस फोरके एन्ड्रोइड टिभीमा विश्वव्यापी तथा स्थानीय एप जडान गरिएको छ । कम्पनीले पी ७१५ र पी ६१५ मध्यम दायराका टिभी नेपालमा बिक्री सुरु गरेको हो ।

यी श्रेणीका टिभीमा रेजुलोसन स्क्रिनर सफ्टवेयर जडान गरिएको छ । आर्टिफिसियल इन्टिलिजेन्सद्वारा सञ्चालित हुने टिभीमा टाढाको आवाज पहिचान गर्न सक्ने सुविधा पनि छ । कोठा वरिपरिको आवाज सुन्न यसको रिमोर्ट बटन आवश्यक पर्दैन ।

भ्वाइस कमान्डयुक्त यी टिभी ७५ इन्चमा उपलब्ध छन् । टेलिभिजनमा हाइ डायनामाइक रेन्ज, ग्राहलाई एप तथा गेम इन्स्टलेसन सुविधा लिन गुगलप्ले सहयोग पु¥याउनेछ ।

भिडियो कलका लागि पपअप क्यामेरा, अडियो क्षमता बढाउन डल्बी साउन्डलगायतका सुविधा यी टिभीमा जडान गरिएको कम्पनीले बताएको छ ।

यस्तै, टिसीएल पी६१५ ४३ र ५० इन्चको स्क्रिनमा उपलब्ध छ । यी टिभीमा पनि स्पष्ट तस्बिर, फराकिलो दायरा, भ्वाइस कमाण्डबाट टिभी कन्ट्रोल गर्न सकिने, अप्टिमल कन्ट्रास्टलगायतका सुविधा छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।