logo

कार ब्रान्ड टेस्लाले ल्यायो ‘टेस्ला टकिला’ मदिरा, एक घन्टामै स्टक आउट

    2067   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ’टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको छ । 

टेस्लाका सीईओ एलन मस्कले उपभोक्तासँग दुई वर्षअघि गरेको बाचा अनुसार बिहिबार ’टेस्ला टकिला’ लञ्च गरेको बताइएको छ ।

मस्कले सन् २०१८ मा ‘टेस्ला टकिला’ ब्रान्ड चाँडै आउँदैछ भन्ने आशयको ट्विट पोस्ट गरेका थिए । मस्कको त्यो पोस्ट अप्रिल फुलका दिन भएकाले अधिकांशले त्यसलाई ठट्टाका रुपमा लिएका थिए । 

विहिबार सार्वजनिक टेस्ला टकिलाको बोटल बिजुली चम्किँदाको जस्तो आकार (लाइट्निङ–सेप्ड) मा सुनौलो रंगमा टेस्टाले ल्याएको छ । टकिला टेस्लाका अन्य उत्पादनजस्तै प्रिमियम रहेको छ । 

७५० मिलिलीटर बोटलको २५० अमेरिकी डलर मूल्य राखेर सार्वजनिक टेस्ला टकिला विक्रीका लागी वेबसाइटमा राखेको एक घन्टाभित्रै सबै बिक्री भइसकेको सूचना जारी गरेको थियो ।

टेस्लाले दुई बोटलभन्दा बढी अर्डर गर्न नपाइने र निश्चित अमेरिकी शहरहरुमा मात्र उपलब्ध हुने जनाएको थियो ।

मस्कको ‘टेस्ला टकिला’ विश्वको चर्चित मदिरा उत्पादक ‘नोसोट्रोस टकिला’ (साउदर्न क्यालिफोर्निया) ले उत्पादन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।