logo

चिनियाँ इन्डक्सन ४ हजारमा बेचिँदै

    2469   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार- चीनबाट आएको ‘इन्डक्सन चुल्हो’ मूल्य घटाएपछि  सजिलै बिक्री भएको छ । अब चुल्हो किन्न चाहानेले  पनि पाउन नसकिने अवस्था नै आएको छ । मंगलबारबाट बिक्री सुरु भएको चिनियाँ चुल्हो ४ दिनमै ११ सय वटा बिकेको हो । शुक्रबार चुल्हो किन्न सर्वसाधारणको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण व्यवस्था कार्यालयमा ठूलो भीड लागेको थियो । अब २ सय चुल्हो मात्रै बेच्न बाँकी रहेको छ ।

यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर ४ हजार रुपैयाँमा बेचिँदैछ । आज नै चुल्हो बेचेर सकिने अनुमान छ । अहिले चीनबाट पहिलो चरणमा आएका १३ सय इन्डक्सन बिक्री गरिएको हो । चीनबाट नेपाल आएका अरु १० हजार इन्डक्सन कुन मूल्यमा बेच्ने भन्ने अन्योल अझै कायमै छ ।

नाकाबन्दीपछि अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो । सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।