logo

ब्रिटानियाले डेढ वर्षभित्र उत्पादन थाल्ने

    1509   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - भारतीय चर्चित ब्राण्ड ब्रिटानियाले जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ । एक अर्ब ११ करोड रुपैयाँ लगानीमा उपमहानगरपालिका २ नम्बर वडामा उद्योग स्थापना गर्ने भएको हो । बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानको उद्योग नजिकै जग्गा किनिसकेको छ । उद्योगबाट डेढ वर्ष्भित्रै उत्पादन थाल्ने लक्ष्य छ । पूर्ण विदेशी लगानीमा उद्योग स्थापनाको स्वीकृति उद्योग विभागबाट पाइसकेको छ ।

कम्पनीका भारतीय अधिकारी नै उपस्थित भएर २० दिन अगाडि उद्योग स्थापनाको स्वीकृत गराएका हुन् । कम्पनीले उद्योग स्थापनाको कार्य पनि शुरु गरिसकेको र डेढ वर्षमै कम्पनी सञ्चालनमा आउँछ । उद्योगमा ३ सय ४५ जनालाई रोजगारी पाउनेछन्। कम्पनीले वार्षिक १४ हजार टन विस्कुट उत्पादनको लक्ष्य लिएको छ।

अत्याधुनिक प्लान्टबाट विस्कुट उत्पादन गर्नेछ । भारतको वाडिया ग्रुपको लगानीमा स्थापित ब्रिटानिया कम्पनीले वार्षिक एक खर्ब रुपैयाँको कारोबार गर्छ । भारत र दक्षिण एसियामै ब्रिटानियाको उत्पादनढ लोकप्रिय छन् । टब्रिटानियाले उत्पादन गर्ने गुडडे र मेरी गोल्ड बिस्कुट लोकप्रिय ब्राण्ड हुन्। 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।