logo

बिग मार्टको नयाँ स्टोर संचालनमा , ३३ बाट ४५ सम्म पु¥याउने लक्ष्य

    1799   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार - त्रिवेणी समूह मूख्य प्रवद्र्धक रहेको दैनिक उपभोग्य किराना सामाग्रीको स्टोर संजाल बिग मार्टले राजधानीमा थप एक दर्जन नयाँ स्टोर संचालन गर्ने भएको छ ।  नक्सालको भाटभटेनी सुपरमार्केट नजिकै विशालनगर जाने मोडमा हालै बिग मार्ट स्टोर संचालनमा आएको छ । मेगा मार्ट प्रालि अन्तर्गत बिग मार्ट ब्राण्डमा अहिले काठमाडौं उपत्यकामा संचालित स्टोरको संख्या ३३ पुगेको छ । उपत्यकामा ४५ वटा स्टोर संचालनमा ल्याएर दोश्रो चरणमा राजधानी बाहिर संजाल बिस्तार गर्ने स्रोतले बतायो ।

बिग मार्टले उपत्यकाको तीनवटा शहरमध्ये सबैभन्दा बढी काठमाडौंमा स्टोर संजाल संचालन गरिरहेको छ । राजधानीमा एउटा स्टोरको संचालन गर्न पूर्वाधार निर्माणसहित सत्तरी लाखदेखि एक करोड रुपैयाँ भन्दा बढी लगानी आवश्यक हुन्छ । सन् २००९ जुलाईमा कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो बिग मार्ट स्टोर संचालनमा ल्याइएको थियो ।

बिग मार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । यो स्टोरले उपभोक्तालाई रोजी(रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामाग्रीका साथै बिग मार्ट ब्राण्डकै खाधान्न साथै हरियो तरकारी फलफूल समेत किन्न पाउने सुविधा उपलब्ध गराएको छ । पछिल्लो समयमा बिग मार्ट व्यवस्थापनले फराकिलो, खुल्ला र पार्किङ सुविधा सहितको स्टोर संचालनलाई प्राथमिकता दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।