logo

अब अनलाइनबाट नै आइपिओमा आवेदन हालिने

    2033   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – केन्द्रीय निक्षेप प्रणा ली(सिडीएससी)ले लगानीकर्तालाई अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुविधा सुरु गरेको छ । सिडीएससीले संचालनमा ल्याएको मेरो शेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुविधा थप गर्दै अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुविधा दिएको हो । अब आउने नयाँ प्राथमिक शेयरमा लगानीकर्ताले घरै बसी बसी अनलाइन आबेदन दिन सक्छन्।

प्राथमिक शेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो शेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ । त्यसका लागी लगानीकर्ताले पहिले आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँमा गएर एउटा फाराम भर्नुपर्छ । निक्षेप सदस्यले अधिकतम ५० रुपैयाँ लिएर लगानीकर्ताको यस्तो खाता खोलिदिन्छन् ।

मेरो शेयरमा खाता खोलेपछि लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन)’ लिनुपर्छ । अहिलेसम्म यस्तो सुबिधा छ वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका छन् । तिनमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिदार्थ बैंक, प्रभु बैंक, गुडविल फाइनान्स र युनाइटेड फाइनान्सले छन् । छिटै नेपाल बैंक, कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र माछापुच्छ्रे बैंक यो सेवा सुरु गर्ने तयारिमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।