logo

बाँकेमा सहकारीमार्फत ४ अर्ब ४२ करोडको लगानी

    1331   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बाँकेमा सञ्चालित सहकारी संस्थाले ४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । जिल्लामा सक्रिय रुपमा सञ्चालनमा रहेका २ सय १९ वटा सहकारी संस्थामार्फत किसान र व्यवसायीलाई सो लगानी गरिएको हो ।     

सहकारी संस्थाहरुले कृषि, स्वास्थ्य, जडिबुटी, विद्युत्, वन तथा वातावरण र वित्तीयलगायतका क्षेत्रमा लगानी गरेर आफ्नो कारोबार गरिरहेका छन् । सहकारी संस्थामार्फत मात्र गरिएको लगानीबाट जिल्लामा ८ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

त्यसैगरी ५ सय टनभन्दा बढी बिउ तथा २ करोड भन्दा बढी खसी बोकाको कारोबार हुने गरेको छ । सहकारीहरुले किसानको आर्थिक अवस्था बलियो बनाउनुका साथै दूध, बिउ, मासुलगायतमा जिल्लालाई आत्मनिर्भर बनाउनसमेत ठूलो मद्दत गरिरहेको छ । 

सहकारीहरुमार्फत जिल्लामा गरिएको ४ अर्ब ४२ करोड लगानीबाट जिल्लाका सयौं परिवारको पालन पोषण हुनुका साथै उनीहरुको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको छ । सोही प्रकारले ती सहकारी संस्था मार्फत जिल्लामा ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन भएको छ । 

सहकारी डिभिजन कार्यालय नेपालगन्जका अनुसार जिल्लामा रहेका सहकारीहरुको सेयर पुँजी ३५ करोड १३ लाख रुपैयाँ छ । सो कार्यालयका अनुसार बाँकेमा हालसम्म ४ सय ३ वटा सहकारी संस्था दर्ता रहेकोमा २ सय १९ वटा सक्रिय छन् भने १ सय ७ वटा सुधारोन्मुख, ७१ वटा समस्याग्रस्त र ४ वटा निस्कृय रहेका छन् । 

जिल्लामा दर्ता भएका सहकारी संस्थामा २ हजार ८ सय सञ्चालक र १ लाख १६ हजार ३ सय जना सेयर सदस्य रहेको छ । सोही प्रकारले ती सहकारी संस्थाका कारण जिल्लाका एक हजार २ सय जनाले कर्मचारीका रुपमा प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा पनि सयौंले काम पाएका छन् । 

यसैबीच सहकारीहरुलाई बलियो र सुदृढ बनाउन सरकारले सहकारी संस्थाबीच मर्जर हुनुपर्ने नियमलाई पनि कडाईका साथ अघि बढाउन थालेको छ । सोही अनुरुप जिल्लामा हालसम्म दुइटा सहकारी मर्जर भइसकेको र केही अन्य मर्ज हुने प्रक्रियामा छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।