१५ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । बिहहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।
यसका साथै प्रतिव्यक्ति कूल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको उनले जानकारी गराए ।
सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ ।
अर्थमन्त्री पैडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार लाभांश ३५ प्रतिशत घटेको पाइएको हो ।
तपाईको प्रतिक्रिया