७ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको पदभार ग्रहण गरेलगत्तै प्रा.डा.विश्वनाथ पौडेलले निजी क्षेत्रसँग भेटघाट सुरु गरेका छन् ।
नवनियुक्त गभर्नर पौडेलले पदभार सम्हालेलगत्तै बुधबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारीसँग भेटेर आर्थिक सुधारका विषयमा छलफल गरेका हुन् । सो भेटका क्रममा गभर्नर पौडेलसँग आर्थिक सुधारका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
‘हामीले आर्थिक सुधार, वित्तीय स्थायित्व र निजी क्षेत्रले भोगिरहेका चुनौतीका विषयमा छलफल ग¥यौं।, ती चुनौतीलाई समाधान गर्न राष्ट्र बैंकले गर्नुपर्ने कामका बारेमा पनि चर्चा भयो’, अध्यक्ष ढकालले भने ।
महासंघ र राष्ट्र बैंकले देशमा देखापरेका आर्थिक समस्यालाई मिलेर न्यूनीकरण गर्न सक्ने उपायमा पनि कुराकानी भएको महासंघले जनाएको छ । सो घेटमा महासंघले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको बताएको छ । सो भेटमा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, उपाध्यक्षहरु, कार्यसमितिका अन्य पदाधिकारी एवं केन्द्रिय सदस्य व्यवसायीहरु लगायतको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया