५ जेठ/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सो भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो ।
सो भेटमा प्रधानमन्त्री ओलीले नेपालको समृद्धिकालागि सहयोग बढाउन युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको प्रतिनिधीलाई आग्रह गरे । ईयूको प्रतिनिधिमण्डलले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्य लगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले राजदूतहरुसँग नेपालको अबको गन्तव्य स्थायित्व र समृद्धि भन्दै लगानी विस्तार गर्न आग्रह गरे । युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक सामाजिक विकासका प्रयासमा साथ दिंदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग निरन्तर हुने आश्वासन दिए ।
तपाईको प्रतिक्रिया