logo

कोशी लगानी सम्मेलन सुरु, ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    179   पटक पढिएको


१८ वैशाख/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि एकदम उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई यस्तो आग्रह गरेका हुन् । उनले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई समेत आग्रह गरे ।
हाल मुलुकमा पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्ने धारणा राख्दै उनले लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न नदिने बताए । ‘कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ , लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको ६ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ , हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौं’ प्रधानमन्त्री ओलीले भने ।

अहिले देशमा सामान ल्याउन र लान कुनै हिसाबले नरोकिने र आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर तथा नाकामा लान सक्ने गरी बाटो बनिसकेको जानकारी गराउँदै उनले विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ बताए । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित , मेहनती रहेको भन्दै उनले त्यसकारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको बताए ।
उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ’म युवालाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । जसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’

यसैगरी, प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेकोबारे लगानीकर्तालाई जानकारी गराए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।