logo

नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपति पौडेलले संसदमा प्रस्तुत गर्ने

    157   पटक पढिएको


१७ वैशाख/अर्थ र व्यापार – राष्ट्रपति रामचन्द्र पौडेलले यही १९ १९ वैशाख शुक्रबार संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले आगामी शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
जसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
सोही संवैधानिक व्यवस्था बमोजिम गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आगामी आर्थिक वर्षकालागि सार्वजनिक हुने प्रि बजेट छलफल सुरु हुने छ ।
त्यसपछि आगामी १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । अब आगामी नयाँ बजेट सार्वजनिक हुने दिन १५ जेठ आउन एक महिना पनि बाँकी छैन ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै अहिले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग बजेट निर्माणको चटारोमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।