logo

६५ प्रतिशतले बढ्यो निर्यात, १६ अर्बको सुन आयात

    174   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधीमा १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधीमा भएको यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढेको छ ।

गत आवको चैतसम्ममा नेपालबाट भएको निर्यात १ अर्ब १३ अर्ब रुपैयाँको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार करिब १५ खर्ब रुपैयाँको भएको छ । यो व्यापार गत आवको सोही अवधिको तुलनामा भने १६.८९ प्रतिशतले बढेको देखिएको छ ।
गत आवमा १२ खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । नेपालमा पछिल्लो ९ महिनामा १३ खर्ब ३० अर्ब रुपैयाँको बस्तु आयात भएको छ । यस्तो आयात पछिल्लो ९ महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आवको चैतसम्ममा निर्यात १२ दशमलब ८१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । यो अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा पछिल्लो ९ महिनामा ६.४५ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ८१ अर्ब रुपैयाँ थियो । यो अवधिमा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालमा पछिल्लो ९ महिनामा सबैभन्दा धेरै आयात डिजेलको भएको छ । डिजेल ९१ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ ।
भन्सार विभागका अनुसार समिक्षा अवधिमा पेट्रोल ४७ अर्ब ७७ करोड रुपैयाँको आयात भएको छ । ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । चालु आवको वितेका ९ महिनामा २५ अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ ।
यसैगरी, चालु आवको वितेका ९ महिनाको अवधीमा १६ अर्ब ३ करोड रुपैयाँको सुन आयात भएको विभागको तथ्यांकले देखाएको छ । सुनको आयात गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३६ करोड रुपैयाँको आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो ।
यसअघि सबैभन्दा धेरै आव २०७८/७९ मा ३५ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यसअघि कारोना विश्व महामारिको समय आव २०७७/७८ मा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।