logo

विभागको एक्सनले सिमेन्ट प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म सस्तियो, छडमा पनि मुल्य घट्ने

    208   पटक पढिएको



१८ चैत/अर्थ र व्यापार – पूर्वका उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँले घटाएका छन् भने फलामे छडको मूल्य प्रतिकेजी २ देखि ४ रुपैयाँले झार्ने तयारी गरिरहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि निर्माणसामग्रीका सिमेन्ट उद्योगले मूल्य घटाएका र कुनैले घटाउने तयारी गरिरहेका हुन् ।
सिमेन्ट र फलामे छडको मूल्यमा कार्टेलिङ गरेर मूल्यवृद्धि गरिएको भन्दै सर्वत्र विरोध सुरु भएपछि विभागले कारबाही आरम्भ गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसार विभागले देशभरिका ठुला स्टिल र फलाम उद्योगलाई पत्राचार गर्दै आफ्नो उत्पादन लागतको विवरण स्पष्ट खुलाएर जानकारी गराउन भनेको छ ।
विभागको पत्र पाएलगत्तै सिमेन्ट उद्योगले मूल्य घटाएका हुन् भने स्टिल उद्योग छलफलकै क्रममा रहेको बताइएको छ।महानिर्देशक दाहालले  भने, ‘कुन हो मूल्य? अहिले त मूल्य नै नभएको जस्तो भइसक्यो । अहिले मूल्य नै छैन भन्दा पनि हुन्छ। जति राखिदिए पनि हुने भएको छ। त्यसैले हामीले उत्पादन लागतको विवरण मागेका हौँ।’
पूर्वका ६ वटा स्टिल उद्योगबाट उत्पादन लागतको विवरण आइसकेको जानकारी उनले दिए। विभागले भैरहवा र वीरगंज क्षेत्रका स्टिल उद्योगमा पनि उत्पादन लागतको विवरण पठाइदिन पत्राचार गरेको उनको भनाइ छ। त्यस्तै ५ वटा सिमेन्ट उद्योगले पनि विभागमा यस्तो विवरण दर्ता गराइसकेका छन्।
‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं। हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौँ। त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ,’ उनले भने।
देशभरिका सबै उद्योगलाई यही २० चैत भित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए । दाहालको भनाइ अनुसार २१ चैतदेखि कडा अनुगमन हुनेछ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही चलाउने विभागले जनाएको छ । सिमेन्ट र फलामे छडमा पनि एमआरपी नलेख्ने गरेको तथ्य विभागले चाल पाएको र २० चैतदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिएको उनले बताए ।
विराटनगरको एक हार्डवेयरका सञ्चालकका अनुसार यहाँका एउटा सिमेन्ट उद्योगले आइतबारदेखि प्रतिबोरा २५ र अर्को उद्योगले १५ रुपैयाँ मुल्य घटाएर पठाउन थालेका छन्। हाल फलामे छड उद्योगले पनि मूल्य घट्ने संकेत गरेका छन्।
सिमेन्ट उद्योगले मंसिरयता पटकपटक गरी बोराको २४० रुपैयाँसम्म मूल्यवृद्धि गरेका थिए। त्यस्तै स्टिल उद्योगले फलामे छडमा गत १५ फागुन यता भ्याटबाहेक प्रतिकेजी १२ देखि १८ रुपैयाँसम्म मूल्यवृद्धि गरिसकेका छन्। स्टिल उद्योगले त बिक्रीका लागि कार्टेलिङमा मूल्यवृद्धि मात्र गरेका छैनन्, कच्चा पदार्थ स्क्रयापको खरिदमा पनि कार्टेलिङ गर्दै आएका छन्।
स्क्रयापका बिक्रेताको एक मात्र बजार स्टिल उद्योग नै भएको फाइदा उठाउँदै उद्योगीले मिलेमतो गरेर स्क्रयापको मूल्य घटाएका हुन् । सामान्यतया तयारी वस्तुको मूल्य बढ्दा कच्चा पदार्थको पनि बढ्ने बजारको सामान्य सिद्धान्तअनुसार फलामे छडको मूल्य अचाक्ली वृद्धि हुँदा स्क्रयापको पनि त्यही अनुपातमा बढ्नु पर्ने थियो तर स्टिल उद्योगले स्क्रयापको मूल्य किलोमा ६ रुपैयाँले घटाएका छन्।
स्टिल उद्योगले प्रतिकेजी ५८ मा खरिद गर्दै आएको फलामे स्क्रयापलाई ५२ रुपैया मात्र दिन थालेका छन्। यसबाट तिनको उत्पादन लागत अझ सस्तो भएको छ र सिमेन्ट उद्योगभन्दा स्टिल उद्योग दोहोरो फाइदामा पुगेका छन्। यसैबिच उपभोक्तावादी संघसंस्था, निर्माण व्यवसायी महासंघ लगायतका विभिन्न निकायले सिमेन्ट र फलामे छडमा कार्टेलिङ भएको भन्दै लगातार विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।