logo

सरकारले सुपारी, केराउ र मरीच आयातमा लगाइएको प्रतिवन्ध खुलायो, स्वदेशी उद्योगलाई राहत

    232   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – सरकारले सुपारी, केराउ र मरीच आयातमा लगाएको प्रतिवन्ध खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि औद्योगिक प्रयोजनमा यी वस्तुहरूको आयात स्वीकृति दिएको हो ।
यअिपघ २०७६ सालको २४ चैतमा सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । व्यवसायीहरूको मागपछि सरकारले यो बन्देज हटाउने निर्णय गरेको छ ।
कोभिड–१९ को समयमा विदेशी मुद्रा सञ्चिति जोगाउन तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले यी वस्तुहरूको आयात रोक्न निर्देशन दिएका थिए । सोही निर्देशन पछि ९ चैत २०७७ मा सरकारले नीति परिमार्जन गर्दै पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लागू गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार, उत्पादनमूलक उद्योगहरूका लागि मात्र यी वस्तुहरू आयात गर्न अनुमति दिइनेछ । कच्चा पदार्थको आवश्यक मात्रा निर्धारण गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सिफारिस लिएर आयात गर्न पाइने व्यवस्था गरिएको छ । सरकारले यस निर्णयले उद्योगहरूलाई सहजता ल्याउने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।