logo

साढे ३ अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधि क्षेत्रका परियोजना धेरै

    237   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई)मा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा एफडीआई झण्डै साढे ३ अर्ब रुपैयाँले बढेको हो ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको ५ महिना अर्थात साउनदेखि पुष मसान्तसम्म कुल २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ ।
गत आर्थिक बर्षको यहि अवधिमा भने यस्तो प्रतिवद्धता २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको आएको छ । यो चालु आवको पहिलो ६ महिनाको तुलनामा ३ अर्ब ४३ करोड ९९ लाख रुपैयाँले बढी हो । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता नेपालको पर्यटन र सेवामुलक क्षेत्रमा खासगरी आकर्षित हुँदै आएको छ । सोहीअनुसार यसवर्ष पनि यी दुई क्षेत्रमा उल्लेख्य रुपमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालमा पर्यटनमुलक क्षेत्रमा सबैभन्दा बढी अर्थात १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो नेपालमा चालु आवमा आएको कुल प्रतिवद्धताको ६६ प्रतिशत हो । यस्तै धेरै लगानी प्रतिवद्धता आउने दोस्रो क्षेत्र भने सेवाक्षेत्र छ । यो क्षेत्रमा पनि ६ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यो कुल लगानी प्रतिवद्धताको २० प्रतिशत हो ।
चालु आवमा आएको कुल लगानी प्रतिवद्धता विभिन्न ३ सय ५४ परियोजनाका लागि आएको हो । जसमा सबैभन्दा बढी परियोजना पनि पर्यटन र सेवामुलक क्षेत्रकै छन् । पछिल्लो ६ महिनामा यी दुई क्षेत्रका मात्रै २ सय २ परियोजनाहरु दर्ता भएका छन् । यो कुल परियोजनाको ५७ प्रतिशत हुन आउँछ ।
गत बैशाखदेखि उद्योग विभागले संचालनमा ल्याएको अटोमेटिक रुट (स्वचालित मार्ग) बाट मात्रै चालु आवको पहिलो ६ महिनामा २ अर्ब ३८ करोड रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार यस अवधिमा यो मार्गबाट १ सय ५४ परियोजनाअन्तर्गत २ अर्ब ३८ करोड १५ लाख १२ हजारको लगानी प्रतिवद्धता आएको हो । विशेषगरी सरकारले विदेशी लगानी भित्र्याउन सहजीकरणका रुपमा गत आवमा गरिएको लगानी सम्मेलनमार्फत सो प्रणाली संचालनमा ल्याएको थियो ।
अटोमेटिक रुटबाट ५० करोडसम्मको लगानी स्वीकृत गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले विदेशी लगानीकर्ताले घरबाटै लगानीको स्वीकृति लिन सकिने सुविधाकै कारण विदेशी लगानीकर्ताहरुले यसको प्रयोग गरिरहेको देखिन्छ ।
खासगरी साना साना लगानी गर्ने लगानीकर्ताले उद्योग दर्ता गराउन विभाग नै धाईरहनुपर्ने झन्झट यसबाट मुक्त भएको छ । जसका कारण चालु आवमा नेपालमा दर्ता भएका कुल विदेशी परियोजनामध्ये ३ सय ४५ परियोजना साना आकारका छन् भने बाँकी ५ ओटा मझौला र ४ ठुला परियोजना छन् ।
यसैपनि नेपालमा विदेशी साना लगानीका परियोजनाहरु दर्ता भईरहेको अवस्थामा अटोमेटिक रुटले यसलाई झन धेरै प्रभावकारी बनाएको देखिन्छ । चालु आवको पहिलो ६ महिनामा नेपालमा विदेशी लगानीका सूचना प्रविधि क्षेत्रका परियोजनाहरु भने उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सूचना प्रविधि क्षेत्रमा १ सय १९ परियोजना नेपालमा दर्ता भएका छन् ।
यो कुल परियोजनाको ३४ प्रतिशत हुन आउँछ । तर, गत आवको यहि अवधिमा सूचना प्रविधिका जम्मा ७ परियोजना अर्थात कुल परियोजनाका ३ प्रतिशतमात्रै दर्ता भएका थिए । यद्यपि परियोजना उल्लेख्य भएपनि चालु आवको ६ महिनामा यो क्षेत्रका परियोजनामार्फत जम्मा ७४ करोड रुपैयाँ बराबरको मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।