logo

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँः मन्त्री भण्डारी

    275   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन् । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उनले आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुराउनुपर्नेमा जोड दिए ।
उनले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरेका हुन् । महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीलाई थप लाभान्वित गर्न चाहेको उनले स्पष्ट पारे । मन्त्री भण्डारीले नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा इपिएस कोरिया र कोरिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरे ।
हाल सामसुंग इलेकट्रोनिक्स र हुण्डाई मोटर्सले नेपालमा आफ्नो प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको छ भने कोरियाले अपर त्रिसुलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै उनले वैदेशिक लगानीका दृष्टिकोणबाट कोरिया महत्त्वपूर्ण साझेदार भएकाले नेपालमा दिन प्रतिदिन लगानीको वातावरण थप सुधार भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्यांकनले समेत पुष्टि गरेको बताए ।
नेपालमा युवा जनशक्ति, कच्चा पदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने देखिन्छ भन्दै उनले भारत, चिन, बंगलादेश लगायतको बजारका कारणले समेत नेपाल सम्भावना भएको मुलुक भएको बताए ।
नेपालमा लगानी गरी व्यवसाय प्रवर्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरूलाई आग्रह गर्दै उनले सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्न प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।